2024-07-27 23:31
म एक्लै बोल्छु
एक्लै हाँस्छु
एक्लै तिमिसँग
रिसाए झै गर्छु
म सिरानी संगै चल्छु
म मेरै चप्पलको
घेरो काडेर एक्लै लड्छु
तिम्रो ऊपस्थितिले
संसार जित्न सक्छु
सन्झिनु त्यो शरीर
कुनै समय कतै हराए
खोज्न आउनु है
म तिम्रै खोजीमा भौतारिएको हुनेछु।।