2024-10-01 08:33
मिडल ओखरेमा आगलागीमा घर जलेर भयो खरानी
सोरेङ जिल्लाको दरमदिन समष्टि अन्तर्गत मिडल ओखरे निवासी श्रीमती लाक्पा डिकी शेर्पाको घर आगलागी परेर खरानी भएको छ। घटना 30 सेप्टेम्बर, सोमबार रातिको हो। उक्त आगलागी घटनाको कारण थाहा लागेको छैन। घटनास्थलमा स्थानीय पञ्चायत, सरकारी निकायका अधिकारी र पुलिसकर्मीहरुले स्थलगत निरीक्षण गरेर क्षयक्षतिको जानकारी लिएको बताइएको छ।